Skip to product information
1 of 2

Yugsandhi

Yugsandhi

Regular price Rs 550.00 NPR
Regular price Sale price Rs 550.00 NPR
Sale Sold out
Shipping calculated at checkout.

Yugsandhi

युगसन्धि

By Vijaya Chalise

 

पछिल्लो बाहिरी पृष्ठबाट

"हेर लोपा, नारी भएर समाज विपरीत जाने धृष्टता गर्नुहुन्न । पुरुष र विशेष गरी पतिको पाइलामा पाइला मिलाएर चल्नु नै स्त्री जातिको सनातन धर्म हो । हाम्रो गौरवशाली आर्य धर्म र दर्शनको प्रचार प्रसारका निमित्त रक्तशुद्धि अति जरूरी छ । तिम्रो मत मान्ने हो भने समाजमा अनाचार र अधर्म बढ्दै जान्छ । त्यसैले यो हठ त्यागिदेऊ !” अगस्त्यले सम्झाउन खोजे ।
“हे ऋषिदेव ! नारी र पुरुष समाजरूपी रथका दुई पाङ्ग्रा हौं । यसको अर्थ नारीले आफ्नो स्वतन्त्र चिन्तन त्याग्नुपर्छ भन्ने त होइन होला ? अनि महान् आर्य सभ्यताको विकास र विस्तार जातीय सङ्कुचनबाट सम्भव छैन । यसले त मानव मानवबीच आर्य-अनार्य, एक र अर्को सभ्यताका नाउँमा द्वन्द्व र अशान्ति मात्रै बढ्न जान्छ । यस विपरीत रक्त सम्मिलनले आपसमा समन्वय ल्याएर आर्य सभ्यतालाई अरू व्यापक बनाउन सहयोग गर्नेछ ।” अगस्त्यपत्नी लोपामुद्रा आर्य-अनार्यका बीच रक्त सम्मिलनका माध्यमबाट जातीय सम्मिलन हुन सके मात्रै यस पवित्र हिमाली क्षेत्रमा शान्ति कायम हुन सक्छ भन्ने मान्यता राख्दथिन् । उनी घोषित रूपमै रक्त सम्मिश्रण र जातीय सम्मिलनको पक्षमा थिइन् ।

 

View full details