1
/
of
1
Communist Gyankosh ( कम्युनिस्ट ज्ञानकोश )
Communist Gyankosh ( कम्युनिस्ट ज्ञानकोश )
Regular price
Rs 1,600.00 NPR
Regular price
Rs 1,699.00 NPR
Sale price
Rs 1,600.00 NPR
Unit price
/
per
Shipping calculated at checkout.
Couldn't load pickup availability
कम्युनिस्ट ज्ञानकोश By Manahari Timalsina
पछिल्लो बाहिरी पृष्ठबाट
यस पुस्तकभित्र २४ भाग समाविष्ट छन्, जसभित्र दर्शन, अर्थशास्त्र, समाजवाद, विश्व इतिहास, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति, नेपाल चिन्तन, विज्ञान-प्रविधि र बहुविधागत विषयहरू छन् ।
जसमा पारिभाषिक राजनीतिक शब्दहरू, केही महत्त्वपूर्ण युक्तिहरू, दर्शन सम्बन्धी विषयहरू, विश्वप्रसिद्ध चिन्तकहरू, राजनीतिक अर्थशास्त्र सम्बन्धी विषयहरू, वैज्ञानिक समाजवाद सम्बन्धी विषयहरू, विश्वप्रसिद्ध व्यक्तित्वहरू, नेपालको परिचय, इतिहास र प्रशासनिक विभाजन, नेपालको संविधान र कानुनहरू, विश्व कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन, विश्वको भूगोल, विश्वको इतिहास, अन्तर्राष्ट्रिय प्रतिवेदन र नेपालको अवस्थिति, साहित्य-कला र संस्कृति, विभिन्न चिन्तक र रचनाहरू, विज्ञान र प्रविधि, युवा तथा खेलकुद आदि समेटिएको छ ।
महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन एवं न्याय, समानता र स्वतन्त्रताका खातिर भएका विभिन्न प्रकारका आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढीकरणको दिशामा दृढतापूर्वक अगाडि बढ्नु नै आजका सच्चा वामपन्थी तथा प्रगतिशील शक्तिहरूको कार्यभार हो । यस कृतिले मार्क्सवादको अध्ययन, रक्षा, प्रयोग र विकास गर्दै नेपाली विशेषता र मौलिकतासहितको समाजवाद निर्माणको वैचारिक आधार तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।
-पुष्पकमल दाहाल "प्रचण्ड", प्रधानमन्त्री, नेपाल सरकार
Pages: 704
Soft Cover
Nepali Language
Related to : Philosophy , Economics , Socialism , World History , International Affairs , Political Economy
Share
