{"product_id":"yug","title":"Yugsandhi","description":"\u003cp\u003eYugsandhi\u003c\/p\u003e\n\u003cp\u003eयुगसन्धि\u003c\/p\u003e\n\u003cp\u003eBy Vijaya Chalise\u003c\/p\u003e\n\u003cp\u003e \u003c\/p\u003e\n\u003ch2 class=\"mt-5 py-2 text-2xl\"\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/h2\u003e\n\u003cdiv class=\"prose max-w-full\"\u003e\n\u003cp\u003e\"हेर लोपा, नारी भएर समाज विपरीत जाने धृष्टता गर्नुहुन्न । पुरुष र विशेष गरी पतिको पाइलामा पाइला मिलाएर चल्नु नै स्त्री जातिको सनातन धर्म हो । हाम्रो गौरवशाली आर्य धर्म र दर्शनको प्रचार प्रसारका निमित्त रक्तशुद्धि अति जरूरी छ । तिम्रो मत मान्ने हो भने समाजमा अनाचार र अधर्म बढ्दै जान्छ । त्यसैले यो हठ त्यागिदेऊ !” अगस्त्यले सम्झाउन खोजे ।\u003cbr\u003e“हे ऋषिदेव ! नारी र पुरुष समाजरूपी रथका दुई पाङ्ग्रा हौं । यसको अर्थ नारीले आफ्नो स्वतन्त्र चिन्तन त्याग्नुपर्छ भन्ने त होइन होला ? अनि महान् आर्य सभ्यताको विकास र विस्तार जातीय सङ्कुचनबाट सम्भव छैन । यसले त मानव मानवबीच आर्य-अनार्य, एक र अर्को सभ्यताका नाउँमा द्वन्द्व र अशान्ति मात्रै बढ्न जान्छ । यस विपरीत रक्त सम्मिलनले आपसमा समन्वय ल्याएर आर्य सभ्यतालाई अरू व्यापक बनाउन सहयोग गर्नेछ ।” अगस्त्यपत्नी लोपामुद्रा आर्य-अनार्यका बीच रक्त सम्मिलनका माध्यमबाट जातीय सम्मिलन हुन सके मात्रै यस पवित्र हिमाली क्षेत्रमा शान्ति कायम हुन सक्छ भन्ने मान्यता राख्दथिन् । उनी घोषित रूपमै रक्त सम्मिश्रण र जातीय सम्मिलनको पक्षमा थिइन् ।\u003c\/p\u003e\n\u003cp\u003e \u003c\/p\u003e\n\u003c\/div\u003e","brand":"Parichaya Publication","offers":[{"title":"Default Title","offer_id":49172279623970,"sku":"","price":550.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0900\/7238\/3778\/files\/Yugsandhi.png?v=1727540542","url":"https:\/\/www.brightbooksstore.com\/products\/yug","provider":"Bright Books Store","version":"1.0","type":"link"}