{"product_id":"mukam-ranamaidan","title":"Mukam Ranamaidan","description":"\u003cp\u003eNepal- Angrej Yudhhako Bakhan\u003c\/p\u003e\n\u003cp\u003eमुकाम रणमैदान: नेपाल - अंग्रेज युद्धको बखान\u003c\/p\u003e\n\u003cp\u003eby Mohan Mainali\u003c\/p\u003e\n\u003cp\u003eGenre: Nepali History, Non-fiction\u003c\/p\u003e\n\u003cp\u003eISBN13: 9789937753555\u003c\/p\u003e\n\u003cp\u003eISBN10: 9937753554\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan style=\"font-size: 1rem;\"\u003ePublished: November 25, 2023\u003c\/span\u003e\u003cspan style=\"font-size: 1rem;\"\u003eE\u003c\/span\u003e\u003cbr\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan style=\"font-size: 1rem;\"\u003eEdition: 1\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/p\u003e\n\u003cp\u003eदेशका कुनाकन्दरा घुमेर आफूले भेटेका मान्छेबारे लेख्ने पत्रकार तथा लेखक मोहन मैनालीले यसपटक नेपाल र अंग्रेजबीच २०९ वर्षअघि भएको भीषण लडाइँबारे लेखेका छन् । यसका लागि उनी त्यो लडाइँ लडी जान्ने, भोगी जान्ने र देखी जान्ने मानिसका बयानमा भर परेका छन् । सुनी जान्ने मानिसका कुरामा आक्कलझुक्कलमात्र भर परेका छन् । भावनामा बगेर तथ्य बिगार्ने मान्छेको कुरा उनले सुनेका छैनन् ।\u003c\/p\u003e\n\u003cp\u003e\u003cbr\u003e\u003c\/p\u003e\n\u003cp\u003eयस किताबका लागि जानकारी बटुल्ने क्रममा मैनालीले त्यो लडाइँ भइरहेका वेला दुवैतर्फका सिपाही र कमान्डरहरूले लेखेका चिठी खोतलेका छन्, जसमध्ये केही यसअघि विभिन्न रूपमा छापिएका भए पनि अहिले अप्राप्यजस्ता भएका छन् । अधिकांश सामग्री यसअघि प्रकाशित भएका छैनन् । थुप्रै सामग्री त सार्वजनिक पनि भएका छैनन् । राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बीचमा कतै-कतै भेटिने, बीच-बीचमा पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, भाषा र शब्दमा लेखिएका ती चिठीका शब्द-शब्दका अर्थ बुझेर, तिथि र ग्रेगोरियन क्यालेन्डरका तारिखलाई विक्रम संवत्का गतेमा परिणत गरेर उनले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा बयान गरेका छन् ।\u003c\/p\u003e\n\u003cp\u003e\u003cbr\u003e\u003c\/p\u003e\n\u003cp\u003eयो किताब लेख्न उनले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सीप, असाध्यै धेरै मानिसले तयार गरेका कहिलेकाहीं त निरसिला कुरा लेखिएका कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मेहनत तथा संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फीचर लेखकको कला उपयोग गरेका छन् ।\u003c\/p\u003e\n\u003cp\u003eMadan Puraskar 2080 winner\u003c\/p\u003e","brand":"Bright Books Store","offers":[{"title":"Default Title","offer_id":49127382712610,"sku":"","price":699.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0900\/7238\/3778\/files\/Untitleddesign_5.png?v=1726251009","url":"https:\/\/www.brightbooksstore.com\/products\/mukam-ranamaidan","provider":"Bright Books Store","version":"1.0","type":"link"}