{"product_id":"jung-bahadurko-muluki-ain-1910","title":"Jung Bahadurko Muluki Ain 1910","description":"\u003cp\u003e\u003cspan\u003eजङ्गबहादुरको मुलुकी ऐन १९१०\u003c\/span\u003e\u003cspan\u003e\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eटिप्पणी तथा विवेचना: \u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eप्रा.अमन श्रेष्ठ \u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eरविन सुवेदी , अधिवक्ता\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e \u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eनेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले वि. सं. १९०६ मा बेलायतको भ्रमण गरेका थिए । बेलायतको भ्रमणमा जाँदा उनी फ्रान्सको बाटो हुँदै गएका थिए जहाँ उनले सन् १८०४ मा जारी भएको देवानी संहिताको बारेमा सुन्ने मौका पाए । सम्राट नेपोलिन बोनापार्टको नामबाट उक्त संहिता परिचित थियो | यस घटनाले जङ्गबहादुरलाई प्रभावित पारेको हुन सक्तछ । बेलायत घुम्ने क्रममा पनि उनले यथेष्ठरूपमा बेलायती समाजमा कानूनको प्रभाव जान्ने अवसर पाए । त्यही कारणले हुनसक्छ उनले नेपाल फर्कनासाथ विभिन्न क्षेत्रका व्यक्तिहरू संलग्न भएको एक भारदारीसभा (जसलाई कौशल भनिन्थ्यो) मा छलफल गरी २१९ जनाको सो कौशलले लोकपति झा र लेसपति झा भन्ने व्यक्तिलाई ऐनको मस्यौदा गर्ने जिम्मावारी दियो । यसरी विक्रम संवत् १९१० को पौष महिनाको ७ गते नेपालमा पहिलो पटक पाश्चात्य नमुनाको ऐन जारी गरियो । आजको मुलुकी ऐन तथा यसलाई विस्थापित गराउन आएका पाँचवटा ऐनहरू संहिताको आधार यसै ऐनले तय गरेको हो ।\u003cbr\u003eJung Bahadurko Muluki Aain 1910 – Aman Shrestha Rabin Subedi\u003c\/span\u003e\u003c\/p\u003e","brand":"Madhuwan Publication","offers":[{"title":"Default Title","offer_id":49319783825698,"sku":"","price":1999.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0900\/7238\/3778\/files\/jung_bahadurko_muluki_ain_1910.png?v=1731335703","url":"https:\/\/www.brightbooksstore.com\/products\/jung-bahadurko-muluki-ain-1910","provider":"Bright Books Store","version":"1.0","type":"link"}