{"product_id":"himalpariko-huri","title":"Himalpariko Huri","description":"\u003cp\u003e\u003cspan\u003eहिमालपारिको हुरी: गणतन्त्रपछि फेरिएको नेपाल-चिन सम्बन्ध\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eBy Sudheer Sharma\u003c\/span\u003e\u003c\/p\u003e\n\u003ch2 class=\"mt-5 py-2 text-2xl\"\u003eपछिल्लो बाहिरी पृष्ठबाट: \u003c\/h2\u003e\n\u003cdiv class=\"prose max-w-full\"\u003e\n\u003cp\u003e२०० वर्षअघिसम्म चीन र भारत विश्वका पहिलो र दोस्रो ठूला अर्थतन्त्र थिए । उनीहरू त्यसरी सम्पन्न हुँदा नै काठमाडौं उपत्यका केही हदसम्म समृद्ध हुन पुगेको थियो । उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र 'अन्द्रपो' बनेको थियो । त्यसको अवशेषका रूपमा रहेका उपत्यकाका ऐतिहासिक सम्पदाहरू तपाईं-हाम्रा आँखासामु नै छन् । हाम्रा यी दुई । छिमेकी फेरि विश्वशक्ति बन्दै गर्दा के नेपाल अन्द्रपोको भूमिकामा फर्कन सक्छ ? दुई ढुङ्गाबीचको 'तरुल' होइन, 'साँघु' बन्न सक्छ?\u003c\/p\u003e\n\u003cp\u003eयस पुस्तकले गणतन्त्रपछि फेरिएको चीनको नेपाल- नीतिलाई केन्द्रमा राख्दै यस्ता मुद्दाहरूको विश्लेषण गरेको छ । खास गरी सन् २००८ पछि बेइजिङले बढाएको विश्वव्यापी सक्रियतासँगै नेपालमा देखाएको चासो र उपस्थितिको अन्तर्य केलाएको छ । चीनले यहाँ गरेको 'साम्यवादी सहकार्यको परीक्षण र सैन्य साझेदारीको प्रयत्न' बारे पुस्तकमा खोजबीन गरिएको छ ।\u003c\/p\u003e\n\u003cp\u003eचीनको पछिल्लो नेपाल - नीति के हो ? नेपालको चीन नीतिको आधार के हो ? अब हाम्रा निम्ति तिब्बती शरणार्थी मामिला मुख्य मुद्दा बनिरहन्छ वा उत्तर-दक्षिण कनेक्टिभिटीको छायामा त्यो पर्छ ? अनि, चीनलाई हामी चाहिन्छ कि, हामीलाई चीन ? वास्तवमा हामीले चीनलाई कति चिनेका छौं ? अनि, चीनले हामीलाई कति बुझेको छ ?\u003c\/p\u003e\n\u003cp\u003eलेखक सुधीर शर्माको यो अनुसन्धानात्मक पुस्तकले यी र यस्ता जिज्ञासाहरूको जवाफ दिएको छ ।\u003c\/p\u003e\n\u003c\/div\u003e","brand":"Kitaab Publishers","offers":[{"title":"Default Title","offer_id":49155153592610,"sku":"","price":699.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0900\/7238\/3778\/files\/Untitleddesign_49.png?v=1727023425","url":"https:\/\/www.brightbooksstore.com\/products\/himalpariko-huri","provider":"Bright Books Store","version":"1.0","type":"link"}